घानामा शक्तिशाली विस्फोट : १७ जनाको शव भेटियो, ५९ जना घाइते

काठमाडौं, ७ माघ । अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट भएको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ ।अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

तर, प्रहरीले ज्यान गुमाएकाहरुको बारेमा औपचारिक जानकारी गराइसकेको छैन । घानाको एपीएटमा भएको शक्तिशाली विस्फोटमा परेर ५९ जना घाइते भएका छन् । प्रहरीका अनुसार सुन खानीको रुपमा चिनिने सहरमा विष्फोट भएको हो । खानीका लागि आवश्यक विष्फोटक पदार्थ बाकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको खबरमा उल्लेख छ ।

विस्फोट पछि धुलो र धुवाँको मुस्लो उडेको तस्बिर सार्वजनिक भएको छ । विस्फोट पछि कयौँ भवन भत्किएका छन् भने भग्नावशेषमा केही पुरिएका आशङ्का गरिएको छ। घानाका राष्ट्रपतिले नाना अकुफो अड्डोले भग्नावशेषमा पुरिएकाहरुको उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति