पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, ७ माघ । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाउन काम सुरु भएको प्रहरीले जनाएको छ । टोपो खोला नजिक पुल बन्न लागेको र त्यसका लागि खनेको ठाउँबाट राति सुख्खा पहिरो खसेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति