काठमाडौँ, ७ माघ । विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा यो समाचार तयार पार्दासम्म ३५ लाख ४९ हजार ७७० जना नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड ३० लाख नाघेको हो । कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५५ लाख ९३ हजार ८६८ पुगेको छ भने निको हुनेको संख्या २७ करोड ६३ लाख ४८ हजार ६६५ पुगेको छ ।
विश्वकै कोरोना तथ्यांक अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा ३० लाख निको भएका छन् । सोही अवधिमा ९ हजार ६७ जना सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ७ करोड नाघेको छ । अमेरिकामा मात्र २४ घण्टामा ६ लाख ९२ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख ५ ५हजार ५२२ निको भएका छन् । सोही अवधिमा २ हजार ७ सय जनाको मृत्यु भएको छ ।
नेपालमासमेत पछिल्लो समय दैनिक संक्रमणले नयाँ रेकर्ड बनाउँदै आएको छ । बिहीबार मात्र २४ घण्टामा १२ हजार बढीमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।
प्रतिक्रिया