उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

काठमाडौं, ६ माघ । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार अहिले सम्म ५७ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति