लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित

काठमाडौं, ६ माघ । कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए ।माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो ।

संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति