काठमाडौं, ६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका छन्।
त्रिविले सञ्चालन गरेका परीक्षामा कोरोना संक्रमित विद्यार्थी पनि अरू विद्यार्थीसँगै राखेर परीक्षा लिइरहेको भन्दै गुनासा आएका थिए। परीक्षा केन्द्रमा सामाजिक दूरी कायम गरी विद्यार्थी राखे वा नराखेको तथा सेनिटाइजर लगायतका सामग्री व्यवस्था भए वा नभएकोलगायत अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्।
त्रिविका परीक्षा केन्द्रहरूमा आज अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको नपाइएमा केही साता परीक्षा स्थगित गर्नसमेत देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवा त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका छन् ।
प्रतिक्रिया