काठमाडौँ, ६ माघ ।विश्वभर एकै दिनमा ३४ लाख ४६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।गत २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ७ लाख १ हजार २९२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार, इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक ला ५७ हजार, जर्मनीमा एक लाख २१ हजार, अर्जेन्टिनामा एक लाख २८ हजार र बेलायतमा एक लाख ८ हजार थपिएका हुन् ।
यही अवधिमा १६ लाख ६५ हजार निको भएका छन् भने ८ हजार ८४३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ८३४ जना छन् ।
त्यसैगरी रुसमा ६९८, बेलायतमा ३५९, ब्राजिलमा ३४९, इटलीमा ३८०, जर्मनीमा २५८, अर्जेन्टिनामा २०८, टर्कीमा १७६ र स्पेनमा १६० जना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया