कोरोना परीक्षणको शुल्क घट्यो, अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

काठमाडौँ, ५ माघ । सरकारले कोभिड– १९ परीक्षण गर्ने आरटी पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा एक हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार साप्ताहिक पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिए ।यसअघि पीसीआरको शुल्क सरकारीमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ तोकिएको थियो ।

मन्त्रालयको कोभिड १९ प्रेस बिफिङमा डा।अधिकारीले सरकारी ल्याबमा एक हजार शुल्क समायोजन गरेर ८ र निजी ल्याबमा दुई हजारलाई समायोजन गरेर एक हजार बनाउने बताए । यो शुल्क बुधबारदेखि नै कार्यान्वयन हुने सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति