मन्त्रालयका सचिव नै कोभिड सङ्क्रमित : मापदण्ड लत्याउँदै सहरी विकास मन्त्री झाँक्रीको पत्रकार सम्मेलन

काठमाडौं, ३ माघ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारले तोकेको कोभिड रोकथाम सम्बन्धी मापदण्ड उल्लङ्घन गरेकी छिन् । कोभिड सङ्क्रमणको तेस्रो लहर ह्वात्तै बढिरहेका बेला सोमबार मन्त्री झाँक्रीले भिडभाड गरेर पत्रकार सम्मेलन गरेकी हुन् । सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन रोक लगाइरहेका बेला आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा मन्त्रालयले गरेको कामको जानकारी गराउन उनले पत्रकार सम्मेलन डाकेकी हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागको हलमा गरिएको सम्मेलनमा झन्डै १ सय जना हाराहारी पत्रकार तथा कर्मचारीहरू सहभागी थिए ।

मास्क खोलेर बोल्ने झाँक्रीको चाहना पत्रकारले रोके

कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री झाँक्रीले मास्क खोलेर बोल्ने चाहना राखेकी थिइन् । कार्यक्रममा उनले मास्क खोलेर बोलौँ भन्दै प्रश्न सोधेकी थिइन् । पत्रकारहरूले मास्क लगाएरै बोल्नुस् भनेपछि उनले मास्क नखोली आफ्ना भनाई सुरु गरेकी थिइन् । झन्डै २ घण्टा भएको कार्यक्रममा सहरी विकास मन्त्रालयले विगतदेखि गर्दै आएका नियमित योजना तथा कामहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो । यता मन्त्रालयका सचिव मणिराम गेलाल भने अघिल्लो दिनमात्र कोभिड सङ्क्रमण भएपछि सम्मेलनमा सहभागी हुन सकेनन् । उनी कोभिड सङ्क्रमण भएपछि घरै आराम गरिरहेका गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति