काठमाडौं, २ माघ । सरकारले पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्याबिनेटका विभिन्न १८ निर्णय आज सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा नियुक्तिलगायत छन् ।
सरकारले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश पनि जारी गरेको छ ।

प्रतिक्रिया