चितवन, २ माघ । हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको मृत्यु भएको छ ।
शनिबार राति ११ बजे सख्त घाइते थापाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले वनाएको छ । शनिबार साँझ ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएका बागलुङ्को फिम्ती गाउँपालिका–४ घर भई खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापालाई निकुञ्जमै जङ्गली हात्ती ध्रुर्वेले आक्रमण गरपश्चमत् उनी गम्भिर घाइते भएका कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए ।
प्रतिक्रिया