धर्मशाला साततारे होटलजस्तै रहेछ, मत ‘सक्ड’ भएँ : मन्त्री आले

काठमाडौं, २ माघ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र बतास समुहले चलाइरहेको होटल निरीक्षण गरेका छन् ।

मन्त्री आलेले धर्मशालामा होटेल चलाएको लगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका हुन । काठमाडौँ । प्रेम आलेले पशुपति क्षेत्रभित्र बतास समूहले बनाएको धर्मशाला हेरेर ‘सक्ड’ भएको बताए। निरीक्षणपछि पत्रकारहरूसँग मन्त्री आलेले भने, ‘मत सक्ड भएँ, धर्मशाला भनेको छ । साततारे होटलजस्तै देखिन्छ । कतिपय संरचनाहरू जबरजस्त बनाएको पनि देखियो ।’

मन्त्री आलेले प्रतिवेदन आएपछि कमजोरी गर्ने र गल्ती गर्ने सबैलाई कानूनअनुसार कारबाही गर्ने पनि बताए । ‘त्यहाँ को–कोबाट कमीकमजोरीहरू भए, कसरी टेन्डर आह्वान भयो र क–कसको साँठगाँठ भयो,’ मन्त्री आलेले भने, ‘प्रतिवेदनले जे देखाउँछ, जसलाई देखाउँछ । उनीहरू कारबाहीको भागीदार हुनुपर्छ ।’

पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईसँगको राजनीतिक टकरावका कारण यसरी आक्रामक बन्नुभएको हो ? भन्ने प्रश्नमा मन्त्री आलेले भने, ‘म आफ्नो ड्यूटी पूरा गर्न आएको हुँ । म राजनीतिक रूपमा कसैसँग प्रतिशोध पनि राख्दिनँ । म भन्छु, मेरो दल एकीकृत समाजवादीकै पूर्वपर्यटनमन्त्री भएपनि मेरो कदम यही रहन्थ्यो ।’

यस्तै मन्त्री आलेले आफूले आफ्नो जिम्मेवारी निभाउने क्रममा आफ्नो- पराइ नछुटाउने बताए । आफूलाई सबै नेपालीले साथ दिने उल्लेख गर्दै मन्त्री आलेले ठट्यौली भाषामा भने— ‘हिजोअस्तिसम्म १०० किलो थिएँ । सबैको माया पाएर १०२ किलो भएको छु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति