मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान

काठमाडौँ, ३० पुस । लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान गरेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झण्डै १२ टन मानवीय सहायता सामग्रीसहित टोली त्यसतर्फ गएको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अप्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको जानकारी दिए ।

सहयोग सामग्री बोकेको विमान अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने उनले बताए ।सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली नागरिकका तर्फबाट अफगानी नागरिकलाई पठाइएको हो ।

नेपालको इतिहासमा पहिलो पटक यसरी विमानमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाइएको मन्त्री खड्काले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति