जेनिश उप्रेतीलाई द भ्वाइस किड्स नेपालको उपाधि, को हुन् उनी ?


काठमाडौं, २ माघ । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि जेनिश उप्रेतीले जितेका छन् । हिजो भएको ग्रान्ड फिनालीमा विजयी भएसँगै झापाका उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । आठ जना प्रतिस्पर्धीले फिनालीमा प्रतिस्पर्धा गरेका थिए । दर्शकले दिएको मतको आधारमा विजेता घोषणा गरिएको द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी थिए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन् । द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति