२८ जिल्लामा नयाँ भूमि आयोग अध्यक्ष तोकियो (नाम र जिल्लासहित)


काठमाडौं, २ माघ । सरकारले २८ जिल्लामा भूमि आयोगको अध्यक्ष तोकेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकबाट पारित गराएर अध्यक्ष तोकिएको हो । उनीहरूलाई शुक्रबार नै नियुक्ति दिइएको छ।

यसअघिका अध्यक्ष हटाएर नयाँलाई नियुक्ति दिइएको हो। अध्यक्षमा केशव निरौला बनेका नियुक्त भएका थिए। उनी कांग्रेसनिकट हुन् ।
आयोगलाई भूमिहिन दलित तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्षेत्राधिकार छ। तर, स्थानीय तह तथा नापी कार्यालयको समन्वय अनिवार्य गरिएको छ।

को कहाँ बने अध्यक्ष ?
ताप्लेजुङ – कृष्णकुमार बस्नेत
इलाम – भरत बहादुर खत्री

लमजुङ – दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य

ओखलढुंगा – अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे
सुनसरी– भगिरत खात्वे
भोजपुर – दिलकुमार राई

कास्की – गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर

अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का

उदयपुर– बलबहादुर तामाङ

काभ्रे – हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल

डडेलधुरा– शेरबहादुर भण्डारी
कञ्चनपुर– देवेन्द्रराज ढुंगाना

तनहुँ – रामचन्द्र अधिकारी

सुर्खेत– श्रीधर पौडेल
दैलेख – नयराम थापा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति