शर्मालाई मोसो दल्नेहरु माधव नेपालका कार्यकर्ता

काठमाडौं, ३० पुस । मेडिकल कलेज सञ्चालक सुनिल शर्मामाथि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै मोसो दलेर आक्रमण भएको छ।मोरङ कांग्रेसको राजनीतिमा पनि सक्रिय उनीमाथि पाँच दलीय गठबन्धनकै सदस्य नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका दुई नेताको अगुवाइमा मोसो दलिएको हो।

कांग्रेस र समाजवादी दुवै अहिले सत्तामा रहेका छन्। यस्तोमा सत्ता गठबन्धनकै सदस्य समाजवादीनिकट अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठको नेतृत्वमा सुनिल शर्मामाथि शिक्षा मन्त्रालयकै गेटमा मोसो दलिएको हो। समाजवादीनिकट अनेरास्ववियू महासचिव आरती लामाका अनुसार सुनिल शर्माले सञ्चालन गर्दै आएका मेडिकल कलेजविरुद्ध केही समयदेखि आन्दोलन भइरहेको थियो।सुनिल शर्मा मालिक रहेको विराटनगरको नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले चरणवद्ध आन्दोलन गरिरहेका छन्।

यस्तोमा नोबेलमा पछिल्लो पटक भएको विद्यार्थीको आन्दोलनमाथि प्रहरी र सुरक्षा गार्ड लगाएर शर्माले दमन गराएका थिए। त्यससँगै आक्रोशित विद्यार्थीहरुको आन्दोलन झन् चर्किएको थियो। विद्यार्थी आन्दोलन बढ्दै गएपछि शुक्रबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेअनुसारकै शुल्क मात्रै लिन पाउने निर्णय भएको थियो। उक्त निर्णयमा नोट अफ डिसेन्ट लेखेर निस्किएका शर्मामाथि मोसो दल्ने कामको नेतृत्व अनेरास्ववियू उपमहासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनले गरेका हुन्। अरु तीनजना उनीहरुसँगै साथमा लागेर पुगेका थिए। महासचिव लामाले सुनिल शर्मालाई मेडिकल माफियाको संज्ञा दिइन्। मेडिकल माफिया सुनिल शर्मामाथि हाम्रा साथीहरुले कारबाही गर्नु भएको छु, उनले हाम्रो संगठन उप-महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई तत्काल रिहा गरियोस्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति