लक्षण नदेखिएकाबाट ओमिक्रोन फैलिँदै

काठमाडौं, ३० पुस । दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ।यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्कोमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ।ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्को अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ। एचआइभी एड्स संक्रमितमा मोडर्ना खोपको प्रभावकारिता अध्ययन गर्न दक्षिण अफ्रिकाको उवन्तु प्रान्तमा २३० जनामा गरिएको एक परीक्षणमा ३१ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको थियो। ‘ओमिक्रोन कालखण्डअघि १ देखि २.४ प्रतिशत पोजिटिभिटी दर देखिएकोमा उवन्तुको अध्ययनले त्यसभन्दा फरक नतिजा देखाएको छ,’ अनुसन्धानकर्ताले एक वक्तव्यमा भनेका छन्।

यसैगरी जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता अध्ययन गर्न सिसोन्केमा गरिएका अर्को अध्ययनले लक्षण नभएका बिरामीबाट ओमिक्रोन १६ प्रतिशतले सरेको देखिएको छ। यसअघि डेल्टा तथा बिटा भेरिएन्टको महामारीका बेला यो प्रतिशत २.६ थियो।‘सिसोन्के अध्ययनमा खोप लगाएका ५७७ जनामा परीक्षण गरिएको थियो। यसले खोप लगाएकाले पनि अत्यधिक रूपमा रोग सार्ने देखाएको छ,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘लक्षण नभएकाले रोग सार्न सक्ने देखिएका कारण यो भेरिएन्टको व्यापक प्रसारण भएको हुन सक्छ। दक्षिण अफ्रिकामा गत नोभेम्बरको अन्त्यतिर कोभिड–१९ को संक्रमण व्यापक रूपमा बढेको थियो। तर केही सातामै दक्षिण अफ्रिकामा नयाँ केस देखिने दर ह्वात्तै घटेको थियो। यसले यसअघिको भेरियन्टभन्दा ओमिक्रोन कम खतरनाक रहेको मानिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति