मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा विवाद, केन्द्रीय समिति बैठक बहिस्कार

कपिलवस्तु , ३० पुस । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको विषय छानबिन हुनुपर्ने माग उठेपछि महासंघको आज कपिलस्तुमा सुरु भएको बैठक अवरुद्ध भएको छ । बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनुपर्ने बताएका थिए ।

अध्यक्ष नै ठगी धन्दामा संलग्न रहेको भनेर आरोप आइसकेपछि उनको अध्यक्षतामा बैठक बस्न नसक्ने सदस्यहरुले अडान लिएका छन् । जसको बारेमा छानबिन गर्ने हो, उसैले बैठकको अध्यक्षता गर्न नसक्ने अडान लिएर आफूहरुले बैठक बहिस्कार गरेको एक केन्द्रीय सदस्यले बताए ।उनीहरुले तालिम र विभिन्न कार्यक्रममा भइरहेको मनपरीमाथि समेत छानबिनको माग गरेका छन् ।

मिडिया अवार्डका नाममा जे भयो, त्यसको बारेमा प्रष्ट नभएसम्म बैठक अघि नबढाउन आफूहरुले आग्रह गरेर बाहिरिएको केन्द्रीय सदस्य वविन शर्माले बताए ।बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित केन्द्रीय सदस्यहरु छन् । अध्यक्ष पोखरेल र यी सदस्यहरु एउटै टिमबाट पत्रकार महासंघमा निर्वाचित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति