सैनिक प्रवक्तामा आजदेखि सहायकरथी सिलवालमा

काठमाडौँ, २९ पुस । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले आजदेखि औपचारिक रुपमा सम्हाल्ने भएका छन् ।

करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहेका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरेको हो । बालाजुस्थित सेनाको एक नम्बर बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको थियो । निवर्तमान प्रवक्ता पौडेललाई जङ्गी अड्डाले मुख्यालयस्थित शान्ति सेना सञ्चालन निर्देशनालयको निर्देशकमा सरुवा गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति