रेड कर्नर नोटिस जारी भएका फरार गोविन्द १७ वर्षपछि साउदीबाट पक्राउ

काठमाडौं, २९ पुस । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार उदयपुर बेलका नगरपालिका–६ का ४० वर्षका गोविन्द मगर साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ परेका छन् ।कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई साउदी अरेबियामा पक्राउ गरेपछि सम्बन्धित कसूरमा कारवाही गर्न प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बुधबार नेपाल ल्याएको हो ।

मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।मगरले २०६१ मंसिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति पाएर प्रहरीले उनीमाथि रेड कर्नर नोटिस जारी गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति