आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिडः डब्लूएचओ

न्युयोर्क, २८ पुस ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा. हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् । भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति