इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्रेन्टफोर्डलाई ४–१ गोलले हरायो

काठमाडौं, २८ पुस । इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले ब्रेन्टफोर्डलाई हराएको छ । आज बिहान घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनले ब्रेन्टफोर्डलाई ४–१ गोलले हराएको हो ।

साउथह्याम्टनका जान बेडनारेक, अर्मान्डो ब्रोजा र चे एडम्सले समान एकरएक गोल गरे । उसले एक गोल आत्मघाती उपहार पायो । ब्रेन्टफोर्डका अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेका हुन् । ब्रेन्टफोर्डका लागि विटाली जेनेल्टले एक गोल फर्काए ।

जितसँगै साउथह्याम्टनको २० खेलमा २४ अंक भएको छ । साउथह्याम्टन अंकतालिकामा ११ औँ स्थानमा छ । समान खेलमा ब्रेन्टफोर्डको २३ अंक छ । ब्रेनफोर्ट १३ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड २१ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति