धनगढी, २७ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको छ । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगरमा हुने एक कार्यक्रममा जाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा मन्त्री आले भने सकुशल रहेको प्रहरीले जनाएको छ । राति करिब सवा ८ बजेतिर बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई एयरपोर्ट मोडमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।एसपी अधिकारीका अनुसार गाडीमा क्षति पुगे पनि मन्त्री आलेसहित उनको गाडीमा सवार सबै सकुशल रहेका छन् । ठक्कर दिने कारका चालक पवन कठायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया