जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोडकाे क्षति

जनकपुर, २७ पुस । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ ।

विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योेगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडालगायत समान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिकाबाट पुगेका वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति