नारायणहिटी दरबार सञ्चालन समितिका निर्देशक दाहालद्वारा राजीनामा

काठमाडौं, २७ पुस । पछिल्लो समय निकै विवादित बनेको नारायणहिटी दरबार संग्राहलय एवं गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

उक्त दरबार परिसरको जग्गा व्यवसायी बतास समूहलाई ठेक्का दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

निर्देशक दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पुगेर राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

सो क्षेत्रमा रेष्टुरेन्ट निर्माण भइरहेको समयमा एक समाचार सार्वजनिक भएपछि देशभरबाट चर्को विरोध भएको थियो । विरोटपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न निर्देशन दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति