हङकङमा कोरोना मापदण्ड कडा नबनाए संक्रमित संख्या ६ महिनामै साढे २ लाख पुग्छ

एजेन्सी/ हङकङमा कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि अहिलेको मापदण्डमा सुधार नगर्ने हो भने अबको ६ महिनामा संक्रमितको संख्या साढे २ लाख नाघ्न सक्ने एक अध्ययनले देखाएको छ।

पछिल्लो समय हङकङमा कोरोनाका स्थानीय संक्रमित बढिरहेको समयमा चाइनिज युनिभर्सिटी अफ हङकङले गरेको अध्ययनले यस्तो देखाएको हो। अध्ययनका अनुसार आगामी दिनमा भौतिक दूरी कायम राख्नुपर्ने नियमलाई थप कडाइ नगर्ने हो भने संक्रमण झन् बढ्नेछ।शनिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार अहिलेको अवस्थालाई नियन्त्रणमा लिन नसक्ने हो भने अबको ९ महिनामा ३० लाखभन्दा धेरै संक्रमित फेला पर्नेछन् भने १ लाख ७० हजार मानिस अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने अध्ययनमा पाइएको छ। अध्ययनका अनुसार अहिले हङकङमा लगाइएको भौतिक दुरीको नियम पर्याप्त नरहेको पाइएको छ। यसले हङकङमा कोरोनाको पाँचौं लहर आउन सक्ने चेतावनी दिइएको छ।

अहिले देखिएअनुसार गुणात्मक हिसाबमा बढेको अवस्थामा ४ देखि ६ महिनामा १२ हजार ५०० देखि २ लाख ५० हजारसम्म संक्रमित भेटिन सक्छ।

सो अवधिमा १५ हजार गम्भीर बिरामी फेला पर्न सक्ने अध्ययनले देखाएको छ। यदि सरकारले भौतिक सम्पर्क ४० प्रतिशत घटाउन सक्यो भने संक्रमितको संख्या १२ हजार ५ सय र गम्भीर बिरामी ७ सयमा रोकिन सक्ने अध्ययनको निष्कर्ष छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति