राष्ट्रियसभा सदस्य निर्वाचनः आचारसंहिता सोमबारदेखि लागू

काठमाडौँ, २५ पुस । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्न/गराउन सम्पूर्ण सरोकारवालामा निर्देश गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उक्त निर्वाचन आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पदधारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताइएकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति