५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा: को कहाँ ?

काठमाडौँ, २४ पुस । गृह ​मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले सल्यान, काभ्रेपलञ्चोक, नवलपरासी पूर्व, कालिकोट र धनुषाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन्। ​जसअनुसार विपिन आचार्य सल्यानको प्रमुख जिल्ला अधिकारी भएका छन्। उनी यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा थिए।

गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डे काभ्रेपलाञ्चोक, सुमन घिमिरे नवलपरासी पूर्व, गृहका उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। यस्तै सुरेन्द्र पौडेलले धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी प्रदान गरिएको छ।सल्यानकी सीडीओ लक्ष्मीदेवी हुमागाई खतिवडा, कालिकोटका सीडीओ कृष्णप्रसाद आचार्य, काभ्रेपलाञ्चोकका शिवराम पोख्रेल, धनुषाका सीडीओ बन्धुप्रसाद बाँस्तोलालाई भने गृह मन्त्रालय तानिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति