कमलमणि स्मृति साझा पुरस्कार सहकारी अभियन्ता बडाललाई

ललितपुर, २३ पुस । यसवर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि सम्मानपत्र सहित रु ५० हजार छ ।

सो सहकारी संस्था लिमिटेडको ३७औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ तथा राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्राकुमारी सुब्बाले संयुक्त रुपमा उनलाई सो पुरस्कार प्रदान गरे । सो अवसरमा मन्त्री श्रेष्ठले सहकारीमा भएका नीतिगत, व्यावहारिक तथा कानुनी समस्यालाई फुकाउन आफूले लागिपर्ने बताए ।

सहकारी संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेले पुरस्कृत व्यक्तित्व सहकारीका कुशल प्रशिक्षक रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति