बतास समूहले बनाएका संरचना भत्काइँदै

काठमाडौं, २३ पुस । नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको हो।समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले अधिकांश संरचना भत्काइसकेको जानकारी दिए।

उनका अनुसार समितिले उक्त संरचना भत्काउनका लागि १२ जना कामदार खटाइएको छ। हालसम्म जस्तापाता, वरिपरिको पर्खाल र तारजालीको बार भत्काइएको छ।‘बतास समूहले उक्त संरचना आफूखुसी बनाएको थियो। त्यसैले हामीले भत्काउन सुरु गरेका छौँ,’ दाहालले भने, ‘बतास समूहसँग हामीले भाडा पनि उठाएका थिएनौँ।’ उनले निर्माण भएको सबै संरचना भत्काइने जानकारी दिए।

बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी ओली नेतृत्वको सरकारको पालामा अनुमति पाएको थियो । १७ पुस ०७७ मा बतास समूहको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति