काठमाडौं, २३ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो हार स्वीकार गरेको बताए ।
शुक्रबार काठमाडौं महानगर कमिटीको घोषणा सभालाई सम्बाधोन गर्दै नेपालले त्यो ओलीको स्वभावविपरीतको स्वीकारोक्ति भएको समेत बताए ।‘केपीले हार स्वीकार गरेका छन्, पराजय स्वीकार गरेका छन्,’ नेपालले भने, ‘कसरी स्वीकार गरे छन्, उनको दम्भी स्वभावले त दिँदैन ।’आजै एमाले जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको चुनावी परिणाम आफूहरुका लागि प्रतिकुल हुन सक्ने भन्दै त्यो पुरानो जनमतको दुरुपयोग भएकोको बताएका थिए।
प्रतिक्रिया