कजाकिस्तानमा रुसी सेना प्रवेश : १८ सुरक्षाकर्मी, दर्जनौं नागरिकको मृत्यु

काठमाडौं, २३ पुस । सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको छ ।थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो । अधिकारीले प्रहरी र विरोध प्रदर्शनकारीको मृत्युको पुष्टि गरेको हो ।अधिकारीका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् ।

कजाकिस्तानमा तेलको मूल्यको वृद्धिको विरोधमा प्रदर्शन सुरु भएको थियो तर पछि प्रदर्शनकारीले थुप्रै राजनीतिक मुद्दा पनि यसमा समावेश गरे ।
राष्ट्रपति कासिम–जोमार्ट तोकायेवले यसका लागि विदेशमा प्रशिक्षित आतंकवाद गिरोहलाई जिम्मेवार बताएको छ । यद्यपि, उनले यसका लागि कुनै प्रमाण भने दिएका छैनन् ।बुधबार एक सरकारी न्यूज च्यानलमा दिएको अन्तरवार्तामा राष्ट्रपतिले देशको बिग्रँदो स्थितिबीच सामूहिक सुरक्षा सन्धी संगठन (सीएसटीओ) सँग समर्थन मागेका थिए । सिएसटीओ रुस र ६ पूर्व सोभियत संघको राज्यको एउटा सैन्य गठबन्धन हो ।रुसी आरआईए न्यूज एजेन्सीका अनुसार कजाकिस्तानको मद्दतका लागि पठाइएको सेनामा कथित रुपमा २५ सय सैनिक छन् । सिएसटीओका अनुसार यी शान्ति सेना हुन् र उनीहरुले देश र सैनिक स्थलको सुरक्षा गर्नेछन् । यो सेना थुप्रै दिन वा हप्तासम्म देशमा बस्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति