महाकाली नदीमा पुल निर्माण गर्ने भारत सरकारको निर्णय

काठमाडौँ, २३ पुस ।  नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ । त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले आजको क्याविनेट बैठकले धार्चुलास्थित महाकाली नदीमा पुल बनाउनका लागि भारत र नेपालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको उल्लेख गरेका हुन् । यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उनले उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति