देशभर वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौँ, २३ पुस । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम बदली भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।आज बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको बताइएको छ ।

राति प्रदेश १, २, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति