काठमाडौँ, २२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीबार बेलुकी शितलनिवास पुगेका हुन । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
‘यो नियमित भेटघाट हो, त्यस्तो खास केही छैन,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए । ‘धेरै संवैधानिक प्रबन्धहरू नै छन्, त्यहीअनुसार प्रधानमन्त्रीज्यूसँग भेटवार्ता भएको हो ।’ उनले भने , भेटमा देउवाले पछिल्ला राजनीतिक घटनाक्रम, कोरोना भाइरस रोकथाम, समसामयिक परिस्थितिबारे छलफल भएको जनाइएको छ ।
देउवाले राष्ट्रपति समक्ष प्रतिनिधिसभामा प्रतिपक्षी नेकपा एमालेले गरिरहेको अवरोध खुलाउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेको बताइएको छ । आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमै सक्रिय भएका हुन ।
प्रतिक्रिया