पर्वत एमालेमा पाण्डे अध्यक्षका बलिया उम्मेदवार

पर्वत, , २२ पुस । पर्वत एमालेमा पाण्डे अध्यक्षका बलिया उम्मेदवार एमाले यती बेला संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरुको महाधिवेशन हालै मात्र सम्पन्न भएको छ । केही दलको वडा, पालिका, जिल्ला र प्रदेश हुर्दै केन्द्रका समेत नेतृत्वको टुंगो लागिसकेको छ । कुनै दलको भने पहिला केन्द्रबाट नेतृत्व टुंगो लगाउँदै तल्लो तहमा पुगेको छ ।

संसदको सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको नेकपा एमालेको पौष २३ गते जिल्लाव्यापी रुपमा जिल्ला अधिवेशन गर्ने समय तय गरेको छ । हरेक जिल्लामा नेकपा एमाले ओली पक्ष र अर्को समूह (माधवकुमार नेपाल पक्षमा लागेपनि पार्टी विभाजनमा पछि नलागेका) बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

पर्वतमा पनि एमाले विभाजनको समयमा अन्तिमसम्म नेपालपक्षको विचार पक्षलाई सघाएका एमाले नेता र सुरुका दिनदेखि नै ओलीको राजनीतिक तथा वैचारिक धारणालाई स्थापित गर्ने कार्यकर्ता तथा संगठन विस्तारमा लाग्ने नेताबीच अध्यक्षको प्रतिस्पर्धामा हुने भएको छ । ओलीको विचारधाराको कट्टर समर्थकका रुपमा पहिचान बनाएका फलेवास नगरपालिका वडा नम्बर ६ का देवेन्द्रराज पाण्डे एमाले जिल्ला पार्टी अध्यक्षका बलिया दावेदार हुन ।

४८ वर्षिया पाण्डे विद्यार्थी कालदेखि नै नेकपा एमालेका भातृ संगठनमा आवद्ध भई काम गरेको अनुभव छ । उनी बाल्यकाल २०४५ सालदेखि नै राजनीतिमा सक्रिय भई गाँउ कमितिको सचिव, जिल्ला कमिटि सचिव, २ वर्ष पार्टी कार्यालयको सचिव, धौलागिरी अञ्चल समन्व्य समितिको सदस्य, युवा संघ पर्वतको अध्यक्ष तथा युवा संघ केन्द्रिय सचिवालय सदस्य भई दुई कार्यकालसम्म काम गरेको अनुभव छ । पछिल्लो समय नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा रहेका छन्, पाण्डे । ओली पक्षिय विचारको ओकालत गर्दा गर्दै पनि कुनै राजनीतिक लाभको पदमा नरहेका पाण्डे यतिवेला पर्वत जिल्ला पार्टी हाक्ने सक्षम र अनुभवि उम्मेदवार भएको स्वयम् पार्टी भित्रै चर्चा हुने गरेको छ ।

जनसंगठन विस्तार र नागरिकका समस्यालाई समाधान गरी सहजिकरणमा लामो समय विताएका पाण्डेले पार्टीमा दिएको योग्दान, वैचाारिक तथा सांगठन निर्माणका कुशल व्यक्ति, राजनीतिक इमान्दारीता प्रति कामको मुल्याङकनका आधारमा जिल्ला पार्टीको अध्यक्ष हुन उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन् । पाण्डे राजनीतिमा लागेपछि नै निरन्तर रुपमा एकै विचार धाराको पक्षमा रहेको स्थानीय राजनीतिज्ञहरु बताउँछन् । पाण्डेका प्रतिस्पर्धी महाशिला गाँउपालिकाका अयक्ष राजुप्रसाद पौडेल देखिएका छन् । पौडेल भने सुुरुका दिनदेखि नै एमाले पार्टी भित्र झलनाथ खनाल पक्षका नेता हुन ।

एमालेमा पार्टी विवादको चरम रुप लिदाँ समेत पौडेलले खनाल–नेपाल पक्षकै विचारलाई व्याख्या गर्ने गर्थे । तर पार्टी विभाजन हुदाँ भने पौडेल नेकपा एमालेमै रहेका नेता हुन । सामाजिक संघ संस्था सञ्चालन गरि आर्थिक आधार तयार गर्ने गरेका नेता पौडेल एमाले पार्टीमा आवद्ध भई काम गरे पनि पाण्डेको जस्तो पूर्णकालिक राजनीतिमा सक्रियता नभएका नेताभित्र पर्छन । पौडेल २०६८ सालको सम्पन्न भएको जिल्ला पार्टी कमिटिको निर्वाचनमा खनाल पक्षबाट उपाध्यक्ष र २०७१ सालमा खनाल–नेपाल पक्षबाट अध्यक्षको उम्मेदवार भएपनि पराजित भएका थिए । पौडेल २०७१ सालमा ओली पक्षका युवा नेता तथा सांसद् पदम गिरीसंग जिल्ला अध्यक्षमा पराजित भएका थिए ।

पर्वतमा ४२० जना आयोजक प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुने छन् । तीनै प्रतिनिधिहरुबाट अध्यक्ष, उपाध्यक्ष, सचिव एकएक र सहसचिव २ सहित ९० सदस्य जिल्ला कमिटि छनौट हुने छ । पाण्डे र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएपनि पाण्डे वैचारिक र राजनीतिक रुपमा निकै बलिया उम्मेदवारका रुपमा देखा परेका छन् ।

विहिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले भोली बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भैसकेको छ ।एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उद्घाटन हुन लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति