काजकिस्तानमा २०० जना पक्राउ

अल्माटी, २१ पुस । काजकिस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ परेका छन् ।

पेट्राेलियम पदार्थको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो । मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो । “आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको हो,” गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति