पूर्वपर्यटनमन्त्री भट्टराईको स्पष्टिकरण –‘नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने निर्णयमा मेरो सलंग्नता छैन’

काठमाडौँ, २१ पुस । पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताएका छन् ।

नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो सलंग्नता नरहेको स्पष्ट पारेका हुन् ।आफूले यसबारेमा कुनै लिखित निर्देशन नदिएको र दिएको भए प्रमाण सार्वजनिक गर्न पनि उनले चुनौति दिएका छन् । आफु मन्त्री हुनुभन्दा पहिले नै त्यहाँ कफी हाउस बनिसकेको भन्दै पहिलेकै मन्त्रीले सो निर्णय गरेको हुन सक्ने उनको भनाइ छ ।

बतास कम्पनीले सस्तो भाडा बुझाएर रेस्टुरेन्ट बनाउने निर्णय पर्यटनमन्त्री प्रेम आलेले निर्देशन दिएर रोकिसकेका छन् । तर पनि सामाजिक सञ्जालमा पूर्वपर्यटनमन्त्री भट्टराईको आलोचना रोकिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति