कोरोना बढेपछि दिल्लीमा ‘विकेन्ड कर्फ्यू’

दिल्ली, २० पुस । भारतको दिल्लीमा कोरोना संक्रमण बढेपछि विकेन्ड कर्फ्यूको तयारी गरिएको छ ।

गत २४ घण्टामा ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको दिल्ली स्वास्थ्य मन्त्रालयले जनाएको छ । दैनिक रुपमा नयाँ संक्रमितको संख्या बढ्न थालेपछि दिल्ली सरकारले यो हप्तादेखि शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्मका लागि विकेन्ड कर्फ्यू लगाउने तयारी गरेको छ।

छुट्टीको समयमा यताउता निस्कन सक्ने भएकाले यो समयमा घरमै बस्न आग्रह गर्दैै सरकारले यस्तो आदेश दिन लागेको जनाएका छन्। दिल्लीमा यसअघि लगाइएको नाइट कर्फ्यू पनि जारी रहने जनाइएको छ । उता सरकारी कर्मचारीलाई वर्क फ्रम होमको तयारी पनि भइरहेको बताएका छन् । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति