काठमाडौँ, २० पुस । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएका उनी आज नेपाल आउन लागेका अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले बताएको छ ।उनले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराएको हो ।
जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उनी तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लागेका हुन् ।
पुन माओवादी केन्द्रको महासचिवको दाबेदार हुन् । हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनकै आग्रहमा पदाधिकारीको चयन प्रक्रियालाई पछाडि सारेको बताएको थियो ।
प्रतिक्रिया