जसपाले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

काठमाडौँ, २० पुस । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।जसपाले प्रदेश नम्बर १ को अल्पसंख्यक समूहबाट भोजपुरका हेमराज राई र प्रदेश नम्बर २ को खुलातर्फ सिरहाका मोहम्मद खालिद सिद्दिकी उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सोमबार भएको गठबन्धनको बैठकमा जसपाले एमालेबाट यसअघि विजयी राष्ट्रियसभा सदस्य तर्फको २ सिटमा उम्मेदवारी दिने सहमति भएको थियो । राष्ट्रियसभाको १९ सदस्यका लागि १२ माघमा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति