राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, २० पुस । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्ने भएको छ ।राष्ट्रिय सभाको निर्वाचन पुस १२ गते हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।यस पटक राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् ।

जसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दल दर्ता छन् ।आयोगका अनुसार आज उम्मेदवारी दिएका उम्मेदवारलाई पुस २५ गते चुनाव चिह्न प्रदान गरिनेछ ।

त्यसपछि माघ १२ गते मतदान हुनेछ ।राष्ट्रिय सभानमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पदावधि फागुन २० गते सकिँदै छ ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अघि नै चुनाव गर्नुपर्ने कानूनी व्यवस्था छ ।राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदान हुन्छ ।

आयोगका अनुसार दुई हजार २५ मतदाता कायम छन् ।यसमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ । सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति