आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गर्‍यो : नवनिर्वाचित अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनलाई लिएर आफ्नो पार्टीको महाधिवेशनलाई अपमान गर्न खोजेको दुखेसो गरेका छन् ।

बुधबार केन्द्रीय कमिटीको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनमा लोकतान्त्रिक र जनवादी विधि अपनाएको बताए ।

बुर्जुवा अराजक बाटोमा जाने खतरालाई रोकेको र एक व्यक्तिको चल्ने पनि नभएको भन्दै उनले भने, ‘प्रत्येक प्रदेशमा नेतृत्वमा रहेका नेतृत्वको राय र सुझावलाई लिएर हामीले नेतृत्व चयन गर्‍यो ।

प्रचण्डको आदेश होइन, स्थायी समितिको साझा प्रस्तावको रुपमा नेतृत्व चयन गर्‍यो ।’प्रचण्डले अघि भने, ‘प्रचण्डको आदेशलाई ताली बजाऊ भनेर हाम्रो महाधिवेशनलाई अपमान गर्न खोजियो । मलाई दुःख लागेको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति