काठमाडौँ, १९ पुस। नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित भएका छन् । नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । केन्द्रीय समिति हलमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णवहादुर महराले समर्थन जनाएका थिए । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन
प्रतिक्रिया