कांग्रेसले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार, कुन प्रदेशमा को (नामसहित)

काठमाडौँ, १९ पुस ।  सत्तारुढ नेपाली कांग्रेसले आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले ६ वटा प्रदेशका उम्मेदवार टुंगो लगाएको उपसभापति धनराज गुरुङले जानकारी दिए।

गुरुङका अनुसार पाँच दलीय गठबन्धनसँगको सहमति अनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्र राष्ट्रियसभाका उम्मेदवार हुने भएका छन्।यसअघि सोमबारै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले राष्ट्रिय सभामा ​भागवण्डाको टुंगो लगाएको थियो।

पाँच दलको सहमति अनुसार यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले अहिले खाली भएका छन् ती स्थानमा त्यही पार्टीलाई दिएर सघाउने निर्णय भएको थियो।सहमति अनुसार माओवादीलाई ४ वटा, नेकपा एकीकृत समाजवादीलाई चारवटा र काङ्ग्रेसलाई ६ वटा सिट उसैलाई दिएर सत्ता गठबन्धन दलहरुबीच एकअर्कालाई सघाउने निर्णय भएको थियो। प्रमुख प्रतिपक्षी एमालेको भागमा रहेको ८ सिटमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एकर एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चाले १ सिट बाँडफाँट गर्ने सहमति पनि गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति