एउटै मन्त्रालयका ८० इन्जिनियर बिदामा, काममा फर्कन मन्त्रीको निर्देशन

काठमाडौँ, १९ पुस । पूर्वाधार निर्माणका लागि फिल्डमा खटिनुपर्ने इन्जिनियरहरू पढाइ लगायत विभिन्न बिदा लिएर काठमाडौंमा बस्न थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अत्यावश्यकबाहेक तत्काल काममा फर्किन उनीहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालय र मातहत निकायका मात्रै ८० भन्दा बढी इन्जिनियरहरू पढाइ बिदा लिएर काठमाडौंमा बसिरहेको मन्त्री रेणु कुमारी यादवले बताइन् । संघीय संसद अर्थ समितिको बैठकमार्फत मन्त्री यादवले यस्तो जानकारी दिएकी हुन् ।

अहिले ८० जनाभन्दा बढी इन्जिनियरहरू बिदा लिएर काठमाडौंमा थन्किएका रहेछन् । अत्यावश्यक अवस्थामा बस्नुपर्ने बाहेक सबैलाई काममा फर्काउन मैले सचिवलाई निर्देशन दिइसकेकी छ, मन्त्री यादवले भनिन् उनीहरुलाई यहाँ थन्काएर काम छैन । फिल्डमा जनशक्ति अभाव छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति