काठमाडौं, १९ पुस । सोमबार आज देशभरमा सबैभन्दा चिसो स्थानको सूचीमा संघीय राजधानी काठमाडौं तेस्रो नम्बरमा परेको छ।
आज बिहान ८ः४५ मा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार देशमा सबैभन्दा कम तापक्रम जुम्लामा छ । जुम्लाको तापक्रम आज न्यूनतम तापक्रम माइनस ५ दशमलव शून्य (अर्थात् ५.०) डिग्री सेल्सियस छ। त्यस्तै देशभर दोस्रो सबैभन्दा कम तापक्रम आज ताप्लेजुङमा छ। त्यहाँ आजको न्यूनतम तापक्रम जुम्लापछि देशभरमै कम ४.४ डिग्री सेल्सियस छ ।
जुम्ला र ताप्लेजुङपछि तेस्रो नम्बरमा सबैभन्दा कम तापक्रम भने काठमाडौंमा छ। यहाँ आजको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको महाशाखाले प्रकाशन गरेको तापक्रम विवरणमा उल्लेख छ ।
प्रतिक्रिया