चरेससहित धनगढी विमानस्थलबाट प्रहरीद्धारा एक युवक पक्राउ

धनगढी , १९ पुस । प्रहरीले लागुऔषध चरेससहित धनगढी विमानस्थलबाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले चरेससहित बैतडीको डिलासैनी गाउँपालिका–२ का २० वर्षीय सन्तोष बोहरालाई पक्राउ गरेको हो ।

बोहरालाई धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा १६ ग्राम चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।प्रारम्भिक अनुसन्धानका क्रममा बोहराले आफूले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् । थप अनुसनधान पनि जारी रहेबो प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति