इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलको बराबरी

काठमाडौं, १९ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ ।यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ ।गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग एभर्टन ३ –२ गोल अन्तरले पराजित भयो ।यस्तै, ब्रेनफोर्डले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति