२० प्रतिशत युवा भएको दल माओवादी मात्रै– दीपशिखा

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन केन्द्रीय सदस्य चयन गर्दै सकिएको छ ।आज प्रचण्डले बन्द सत्रमा २३६ जनाको नाम पेस गरेका थिए, त्यसलाई हलले अनुमोदन गरेको थियो ।

माओवादीले घोषणा गरेको समितिमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत र दलित १५ प्रतिशत समेटेको बताएको छ।वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माओवादीले समावेशीतालाई कार्यान्वयन गरेको र त्यसमा पनि युवालाई प्रस्तै स्थान दिएको बताए । २० प्रतिशत युवा समेट्ने दल नेपालमा माओवादी बाहेक अरु नभएको उनको भनाइ छ।

‘खास गरि खास आर्यले नेपालको राजनीतिको नेतृत्व लिइराखेको सन्दर्भमा गरेको यो निर्णय ऐतिहासिक छ,’ महाधिवेशन स्थलमा उनले भने, ‘यसले नेपालको राजनीतिमा दुर्गामी महत्व राख्छ ।

एकत मतले निर्वाचित भएको छ । लोकतान्त्रिक र जनवादी तरिकाले निर्वाचित भएको छ ।’उनले थपे, ‘युवालाई २० प्रतिशत समावेश गरेको कुनै राजनीतिक दल छैन् । हाम्रो पार्टीले त्यो समावेश गरेको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति